काठमाडौं । नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात सोमवार प्रतितोला २०० रुपैयाँले बढेको सुन आज प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात सोमवार सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ६७५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।