नेपाल पर्वतारोहण संघ (एनएमए) को पर्वतारोहण रोयल्टी झण्डै रू. सवा २ करोड बढेको छ । उसको रोयल्टी सन् २०११ को तुलनामा सन् २०१२ मा रू. १ करोड ७० लाख बढेको हो । एनएमएबाट आरोहण अनुमति लिएका ३३ हिमालबाट सन् २०१२ मा ५ लाख ६१ हजार ६ सय ५० अमेरिकी डलर (करीब रू. ४ करोड ८३ लाख) रोयल्टी संकलन भएको छ ।
तर, अघिल्लो वर्ष भने ३ लाख १३ हजार १ सय ८५ डलर (करीब रू. ३ करोड १२ लाख) मात्र रहेको संघको तथ्यांकबाट पनि पर्वतारोही बढेको देखिन्छ । संघबाट आरोहण अनुमति पाएकामध्ये सबैभन्दा बढी पर्यटक आइसल्याण्डमा पुगेका छन् । सन् २०१२ मा ३ हजार १७ जनाले उक्त हिम चुचुरो चुमेका छन् । मेरापीक दोस्रो स्थानमा रहेको छ । मेरापीकमा १ हजार ४ सय ८१ जना पुगेका छन् । यी चुली आरोहण गर्न दिएको अनुमतिबापत एनएमएले सन् २०१२ मा ३ लाख ६१ हजार ८ सय ५० डलर (करीब रू. ३ करोड ११ लाख) रोयल्टी संकलन गरेको छ ।
संघमार्फत आरोहण अनुुमति लिई पर्वतारोहणमा जानेको संख्या पनि गतवर्षभन्दा २ हजार ३ सय १३ बढेको छ । सन् २०१२ मा पर्वतारोही बढेको एनएमए अध्यक्ष जिम्बाजाङ्बु शेर्पाले बताए ।
वर्ष ८, अंक १३३, बुधवार, १७ माघ, २०६९