काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीका यसअघिका सीईओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते समाप्त हुने भएसँगै उपाध्यायलाई कम्पनीको सीईओमा नियुक्त गरिएको हो ।
चैत १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी चार वर्षे कार्यकाल रहने गरी सीईओ नियुक्तिको निर्णय भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत गराएको छ ।
नवनियुक्त उपाध्याय यसअघि कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत रहेका थिए ।