काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हाथवे इन्भेष्टमेन्ट नेपालले ७ करोड ५० लाख रूपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको छ । गत वर्ष यस अवधिसम्म १ करोड २२ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने नोक्सानी कम गर्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीको कुल आम्दानी ८९ प्रतिशतभन्दा बढी भएको र कुल खर्च १२ दशमलव ४३ प्रतिशत घटेसँगै खुद नाफा सकारात्मक बनेको हो ।
गत वर्ष १२ करोड ३८ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष २३ करोड ४३ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । त्यस्तै गत वर्ष ११ करोड ९२ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष १० करोड ४४ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो । कम्पनीको सञ्चालनबाट भएको आम्दानी यस वर्ष १०४ दशमलव ६४ प्रतिशत बढी २३ करोड ३९ लाख रूपैयाँ भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड ७० लाख रूपैयाँ छ । रिटर्न अर्निग करिब ३६ प्रतिशत बृद्धि भई ३६ करोड ३२ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ३ रूपैयाँ ८९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७७ रूपैयाा ६२ पैसा छ ।