काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । परिसूचक ५ दशमलव ६३ अंक बढेर १ हजार ९६६ दशमलव २३ विन्दुमा पुगेको हो अघिल्लो कारोबार दिन रू. २ अर्ब ५४ करोड बराबरको कारोबार भएकोमा आज रू. ३ अर्ब भन्दा बढीको कारोबार भएको छ ।
पछिल्लो समय लगानीकर्ता सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन् । नेप्से परिसूचक नबढेपनि समूहगत सूचक लघुवित्त,फाइनान्स र विकास बैंक समूहको सूचक बढेका छन् । बिहीवार सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी ६ दशलमव ९६ प्रतिशत वृद्धि भएको छ । आज सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३४ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ३० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३० प्रतिशत वृद्धि भएको छ ।
३१३ धितोपत्रको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर ४९ हजार ३३२ पटकमा रू. ३ अर्ब १२ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी ओरियण्टल होटल्सको शेयर मूल्य ८ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । होटल्सको शेयर मूल्य प्रतिकित्ता रू. ७६९ पुगेको हो । त्यस्तै दोस्रोमा सिटि होटलको शेयर मूल्य ७ दशमलव ९९ प्रतिशत बढेर रू.६२२ पुगेको छ ।
बिहीवार कुमारी सबल योजनका इकाईधनीहरुले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ८ दशमलव ४८ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । इकाई मूल्य रू. ७ दशमलव ९९ मा झरेको छ । त्यस्तै दोस्रोमा सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ७६ प्रतिशत घटेर रू. ८४० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १६ करोड ९७ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५४८ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. १४ करोड ४७ लाख बरावरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक ६ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ भने लघुवित्त समूहको सूचक शून्य दशमलव ९० प्रतिशत घटेको छ ।