काठमाडौं। एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोकाकोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीले ‘एक्स्प्लोरिङ सोलुसन्स फर अ सस्टेनेबल फ्युचर’ विषयमा छलफल गरेका छन् ।
ग्लोकल प्राइभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । सहभागीले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिको बारेमा छलफल गरेका थिए । उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यका लागि युवाको सामूहिक र व्यावहारिक कदमको बारेमा छलफल भएको थियो ।