काठमाडौं। लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्ना दुई शाखा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–१७, खुसिबुस्थित दुई शाखामध्ये एक शाखा नागार्जुन नगरपालिका–१६ स्थित खरिबोट र काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबु शाखा नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण गरेको हो ।
स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बताइएको छ । स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच थप सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।