काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २०१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू.६ करोड ५७ लाख रहेकोमा चालू आवमा बढेर रू.१९ करोड ८३ लाख पुगेको हो ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १६१ प्रतिशत र सञ्चालन नाफा १७५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.९ करोड ३१ लाख रहेकोमा चालू आवमा बढेर रू. २५ करोड ६२ लाख पुगेको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू. २४ करोड ४६ लाख रहेकोमा चालू आवमा बढेर रू.६४ करोड ५ लाख पुगेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९१ पैसा रहेकोमा चालू आवमा बढेर ३२ रुपैयाँ ८१ पैसा पुगेको हो । तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा भने रू.१२ करोड ९० लाख ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू१७८ दशमलव ५८ रहेको छ ।
चुक्ता पूँजी रू. १ अर्ब ३९ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १ अर्ब २२ करोड सञ्चिती गरेको छ भने रिटेन्ड अर्निङ रू.१२ करोड ९० लाख ऋणात्मक रहेको छ । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भई गत फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार शुरु भएको हो ।