काठमाडौं । आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्अन्तर्गत प्यानल डिस्कसन शुरु भएको छ ।
कार्यक्रमअन्तर्गत ‘बिजनेस अपरच्युनिटिज इन डिफिकल्ट टाइम्स’ विषयमा प्यानल डिस्कसन हुँदै छ । प्यानल स्पिकरमा युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अम्लान मुखर्जी, निम्बस होल्डिङ प्रालिका म्यानेजिङ डाइरेक्टर आनन्द बगारिया र भायानेट कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक छन् ।
प्यानल डिस्कसनको सहजीकरण प्रिज्मा एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले गरिरहेका छन् ।
न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस् कार्यक्रम न्यू बिजनेश एज प्रालिले आयोजनामा भइरहेको छ । कार्यक्रमअन्तर्गत ९ विधामा अवार्डस् वितरण पनि गरिनेछ ।
कार्यक्रमको टाइटल स्पोन्सर एशियन पेन्ट्स् रहेको छ । कार्यक्रमको अन्य प्रायोजकमा एनआईसी एसिया बैंक, टीयागो ईभी, नबिल बैंक, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, एसियन लाइफ इन्स्योरेन्स, नेपाल बीमा प्राधिकरण, स्मार्टफोन कम्पनी एमआई, एनएलजी इन्स्योरेन्स, प्रभु बैंक र सोनम गियर छन् । कार्यक्रमको इन्टरनेट पार्टनरमा डिसहोम फाइबर नेट छ ।
कार्यक्रमको आर्थिक अभियान राष्ट्रिय दैनिकको फेसबुक पेज बाट प्रत्यक्ष प्रसारण भइरहेको छ।