काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २८ करोड ५७ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३४ करोड २ लाख पुगेको हो ।
तेस्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा रू. १ अर्ब ७५ करोड संचित गरेको छ । सो अवधिमा कम्पनीको महाविपत्ति कोषमा रू. १५ करोड ४६ लाख रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा रू. ६६ करोड ४६ लाख सञ्चिति गरेको छ ।
त्यस्तै, आव २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. ७ अर्ब ४० करोड थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चैत मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार २४ दशमलव ५६ प्रतिशतले वृद्धि भएर रू. ९ अर्ब २२ करोड पुगेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ९८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले रू. २ अर्ब ७४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन ८ दशमलव ८१ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ७३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले रू. २ अर्ब ६४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब ६४ करोड छ भने तेस्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७४ पैसा छ ।