काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । यस दिन परिसूचक २ दशलमव ०६ अंक बढेर १ हजार ९६० दशमलव ८१ विन्दुमा कायम भएको छ । आज कारोबार रकम भने सुस्त देखिएको छ ।
शेयर बजारमा आज लगानीकर्ताको सक्रियता कम भएको अनुमान लगाउन सकिन्छ । अघिल्लो दिन रू. २ अर्ब ८९ करोड बराबरको कारोबार भएकोमा आज रू. २ अर्ब १४ करोडमा झरेको हो । यस दिन १२० धितोपत्रको मूल्यमा वृद्धि भएको छ ।
मंगलवार सबैभन्दा बढी लघुवित्त समूहका लगानीकर्ताले कमाएका छन् । यस समूहको सूचक सबैभन्दा बढी २ दशलमव ४३ प्रतिशत वृद्धि भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ०७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३८ प्रतिशत वृद्धि भएको छ ।
कारोबारमा आएका ३१४ धितोपत्रको ५० लाख ६४ हजार ३८ कित्ता शेयर ३८ हजार २१४ पटकमा रू. २ अर्ब १४ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८५६ दशमलव ७० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा इन्फिनिटी लघुवित्त छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ४७ प्रतिशत बढेर रू. १ हजार २८० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी बोटलर्स नेपाल तराईका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव २३ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १३ हजार १९३ दशमलव ७० मा झरेको छ । शेयर मूल्य सबैभन्दा बढी घट्ने सूचीमा दोस्रोमा सिवाईसी नेपाल लघुवित्त छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ९४ प्रतिशत घटेर रू. १ हजार ५०३ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा पोखरा फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ६ करोड ५७ लाख बराबरको भएको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६५१ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रहेको आरएसडिसी लघुवित्तको रू. ६ करोड ५७ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये लघुवित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक १ दशमलव ०९ प्रतिशत घटेको छ ।