काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा माघको तुलनामा फागुन मसान्तमा ३४ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ ।
माघ मसान्तमा फण्डले रू. १ करोड ६९ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. २ करोड २७ लाख पुगेको हो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. २ करोड ९२ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ६९ लाख पुगेको छ ।
नाफासँगै फण्डको न्याभ बढेको हो । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ९ रुपैयाँ ९७ पैसा पुगेको हो । त्यस्तै फण्डले फागुन मसान्तमा सूचीकृत शेयर, बैंक मुद्दति निक्षेप, डिबेञ्चर र सार्वजनिक निष्कासन, हकप्रद, शेयर र बोनस शेयरमा गरेर कुल रू. १ अर्ब ६ करोड ३२ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. १ अर्ब ६ करोड ५४ लाख थियो ।