काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिटिजन लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ । नेप्सेले बजारको स्वच्छतामा आँच आएको भन्दै कम्पनीको शेयर कारोबार रोकेको हो ।
सोमवार कम्पनीले लाभांश घोषणा गरेको थियो । सो लाभांश बीमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो । सो निर्देशनबमोजिम कम्पनीले मंगलवार घोषित लाभांश रद्द गरेको सूचना नेप्सेमार्फत जारी गरेको छ ।
नेप्सेले सिटिजन लाइफको कारोबार रोक्नुपर्ने आवश्यकता देखिएको भन्दै यसबारे नेपाल धितोपत्र बोर्डको सुझाव मागेको छ ।
यता लगानीकर्ताले भने सोमवारको कारोबार रद्द गर्नुपर्ने माग राखेका छन् । कारोबार रद्द गर्ने / नगर्ने विषयमा नेप्सेले कुनै निर्णय गरेको छैन ।