काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९३ लाख २२ हजार नाफा कमाएको छ ।
तेस्रो त्रैमासमा मात्रै कम्पनीले रू. ४८ लाख २१ हजार नाफा कमाएको छ । तेस्रो त्रैमाससम्म कम्पनीले स्पेसियल रिजर्भ शीर्षकमा रू. ६८ लाख २६ हजार रहेको छ । सो अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा रू. ६० लाख ६ हजार सञ्चिति गरेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड २३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले रु. ४० लाख ४५ हजार खुद बीमा शुल्क आर्जन गरेको छ ।