काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. ५२ लाख २६ हजार खुद घाटा व्यहोरेको छ । गत आवको यसै अवधिमा यो कम्पनीले रू. ३ करोड ९३ लाख नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी रू. १५ करोड ९१ लाखबाट घटेर रू. १३ करोड ५७ लाख झरेको छ, जसका कारण कम्पनी घाटामा गएको हो ।
त्यस्तै कम्पनीको वित्तीय खर्च गत आवमा रू. ४ करोड ९ लाख रहेकोमा चालू आवमा घटेर रू. २ करोड ६७ लाख कायम भएको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ९६ करोड ७५ लाख छ । यसको रिटेन्ड अर्निङ भने रू. ५१ करोड ५० लाख ऋणात्मक छ । कम्पनी घाटामा भएसँगै प्रतिशेयर आम्दानी ५४ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ८७ दशमलव ८१ छ ।