काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू ५ करोड ७० लाख रहेको छ ।
त्यस्तै कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० दशमलव ३० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ५ करोड २१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ७ करोड ३१ लाख पुगेको हो ।
चालू आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकोले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ५९ दशमलव २५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.४ करोड ४० लाख रहेकोमा चालू आवमा बढेर रू. ७ करोड २ लाख पुगेको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य वृद्धि भएको छ । गत आवमा १३ रुपैयाँ ५३ पैसा रहेकोमा चालू आवमा बढेर १४ रुपैयाँ ५४ पैसा पुगेको हो । चुक्ता पूँजी रू. ६७ करोड ११ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू.२१ करोड ६२ लाख र रिटेन्ड अर्निङमा रू.५ करोड ७४ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ७९ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस