काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको यसै अवधिमा १२३ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ९६ लाख ८९ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १६ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा १७० प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी रू. ७ करोड ५५ लाख रहेकोमा चालू आवमा बढेर रू. २० करोड ३८ लाख पुगेको छ ।
चुक्ता पूँजी रू. ७४ करोड ८४ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १ करोड ९७ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ रू. १०२ दशलमव ६३ छ ।