काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९२ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म १ करोड ४२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी आयोजना पूर्ण रुपमा क्षति हुन पुगेकोपछि नोक्सानीमा गएको हो । अघिल्लो त्रैमासको तुलनामा यो त्रैमासमा कम्पनीको खुद नोक्सानी बढेको हो । अघिल्लो त्रैमाससम्म कम्पनी ३ करोड ७३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।
हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गतेदेखि बाढीले पूर्ण रुपमा क्षति पुर्याएसँगै विद्युत विक्री आम्दानी नभएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ७ करोड ६ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रूपैयाँ छ । शेयर प्रिमियममा ४ करोड ३७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अन्य इक्वीटी भने ३ करोड ८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर १२ रूपैयाँ २७ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०२ रूपैयाँ ४१ पैसा रहेको छ ।