काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष (आव) २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ ।
सभाले आव २०७९/८० का लागि प्रस्तावित चुक्तापूँजी रू. ४ अर्बको २५ प्रतिशतले हुन आउने रू. १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ३१५८ प्रतिशतले हुन आउने रू. ५ करोड २६ लाख ३१ हजार ५७९ बराबरको नगद लाभांश गरी कुल २६ दशमलव ३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।