काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड–२ को प्रति इकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तको तुलनामा चैतमा घटेको छ । फागुन मसान्तसम्म १० रूपैयाँ ७७ पैसा रहेको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य चैत मसान्तसम्म १० रूपैयाँ ५२ पैसा कायम भएको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई जारी गरेको थियो । चैत मसान्तसम्म योजनाको खुद सम्पत्ति ८९ करोड १ लाख रूपैयाँभन्दा बढी रहेको छ । चैत मसान्तसम्म योजनाको नाफा ३ करोड ६८ लाख रूपैयाँभन्दा बढी रहेको छ । फागुन मसान्तसम्मको तुलनामा चैतमा योजनाको नाफा कम भएको हो ।
खर्च बढी र आम्दानी कम भएकाले योजनाको नाफा घट्न पुगेको हो । फागुन मसान्तसम्म ६ करोड ९० लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले चैत मसान्तसम्म ४ करोड ८४ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । खर्च फागुन मसान्तसम्म १ करोड ३ लाख रूपैयाँभन्दा बढी रहेकोमा चैत मसान्तसम्म १ करोड १५ लाख रूपैयाँभन्दा बढी भएको हो ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले चैत मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन सहित ५९ करोड ५१ लाख रूपैयाँभन्दा बढी रहेको छ । चैत मसान्तसम्म बैंक मुद्दति निक्षेपमा १२ करोड ५० लाख रूपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने ५० करोड ८० लाख रूपैयाँभन्दा बढी मात्र रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्यको तुलनामा बजारमूल्य कम रहेको हो ।