काठमाडौँ । आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेका व्यक्तिहरूले आफ्नै थातथलोमा स्वास्थ्य बिमाको सुविधा लिन सक्ने छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमासेवा लिन ३ महिना प्रतीक्षा गर्नुपर्थ्यो । रासस