काठमाडौं। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले फ्ल्यागशीप ‘अनर म्याजिक सिक्स प्रो’ भित्त्याउने जानकारी दिएको छ । प्रतिष्ठित अनर म्याजिक शृंखलाको फ्ल्यागशीप लाइनअपमा सबैभन्दा नयाँ थपिएको अनर म्याजिक सिक्स प्रोले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई सञ्चालित प्रयोगकर्ताले अनुभव लिने बताइएको छ ।
यो मोबाइलमा रहेको क्यामेराले उच्चस्तरको फोटो खिच्ने र विभिन्न मोमेन्टलाई राम्रोसँग क्याप्चर गर्न सक्ने बताइएको छ । कालो र एपी ग्रीन गरी दुई रङमा उपलब्ध यो मोबाइल १२ प्लस ५१२ जीबी भेरियन्टमा आउने बताइएको छ । कम्पनीले यसको लञ्चिङ मिति भने खुलाएको छैन । ग्राहकले यसलाई अफलाइन र अनलाइन स्टोरबाट खरीद गर्न सक्ने बताइएको छ ।