काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १६ दशमलव २९ अंक बढेर बन्द भएको छ । यस दिन परिसूचक २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको हो । लगातार तीन कारोबार दिन घटेको बजारमा आज खरीदकर्ता सक्रिय भएसँगै बजार बढेको देखियो ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन रू. ३ अर्ब ६० करोड बराबरको कारोबार हुँदा आज २ अर्ब ९९ करोडमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशलमव ८४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ९९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १८ प्रतिशत वृद्धि भएको छ ।
आज ३२३ धितोपत्रको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर ४४ हजार १६९ पटकमा रू. २ अर्ब ९९ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९९ दशमलव ६० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा दोर्दी खोला जलविद्युत कम्पनी छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ४७ प्रतिशत बढेर रू. ४७४ पुगेको छ ।
सोमवार नेपाल फाइनान्सको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोवार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७३ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा मोलुङ खोला जलविद्युत कम्पनी छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ४४ प्रतिशत घटेर रू. ६३९ दशमलव १० कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १९ करोड १३ लाख बराबरको शेयर कारोबार भएको हो ।शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. ११ करोड ८५ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । तीमध्ये बैकिङ्ग समूहको सूचक सबैभन्दा बढी २ दशमलव ०४ प्रतिशत बढेको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ८३ प्रतिशत घटेको छ ।