काठमाडौं । चारैतिर सिसा लगाइएका क्याबिनजस्ता घर छन् । ती क्याबिनभित्र कुर्ची राखिएका छन् । कुर्सीमा यात्रु र बटुवा बसेका छन् ।
गत मंगलवार काठमाडौंको सुन्धारा–न्युरोड सडकखण्डमा पर्ने बस बिसौनी पुग्दा यस्तै दृष्य देखियो । अहिले हरेक दिन त्यहाँ क्याबिनजस्ता आधुनिक शैलीका घर (फाल्चा)भित्र थकाइ मार्न बसेका बटुवा र गाडी कुर्न बसेका यात्रु देखिन्छन् ।
काठमाडौं महानगरपालिकाले हालै त्यहाँको बस बिसौनीमा फाल्चा निर्माण गरेको हो । धरहरा पुनःनिर्माणका क्रममा उक्त फाल्चा बनाएको महानगरपालिकाले जनाएको छ । फाल्चा निर्माण गरिएसँगै यात्रुलाई गाडी कुर्न र बटुवालाई थकाइ मार्न सहज भएको छ ।
उपत्यकामा फाल्चा निर्माणको शुरुआत अहिले भने भएको होइन, पहिलेदेखि नै भएको थियो । यसअघि उपत्यकामा काठका फाल्चा बनाइने गरिएको थियो । अहिले भने महानगरले आधुनिक शैलीका फाल्चा निर्माण गरेको हो ।
हेर्नुस् तस्वीरहरू