काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात मंगलवार सुन प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ६७० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।