काठमाडौं । नेपाली बजारमा आइतवार (आज) सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रवार पनि सुनको मूल्य आजकै बराबर थियो । शुक्रवार तोकिएकै मूल्यमा शनिवार सुनको कारोबार हुने गरेको छ ।
आज सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार यसको मूल्य तोलाको १ हजार ६४५ रुपैयाँ तोकिएको थियो ।