logo
चैत १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै दोर्दी खोला जलविद्युत
चैत १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै दोर्दी खोला जलविद्युत
२५ फाल्गुण २०८१

काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले चैत १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा ०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एपी इस्यूअर बी प्लस रेटिङ्ग प्रदान गरेको छ।  कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, वीरगन्ज, पोखरा, रूपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिनेछ ।

यसका साथै मेरो शेयर अनलाइन समेत आवेदनका लागि प्रयोग गर्न सकिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.