काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्तमा फण्ड रू. १४ करोड नोक्सानीमा रहेकोमा चैत मसान्तमा बढेर रू. १६ करोड ३० लाख पुगेको हो ।
त्यस्तै फण्डको न्याभ भने फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ८० पैसा रहेकोमा चैत मसान्तमा घटेर ९ रुपैयाँ ६१ पैसा कायम भएको छ । चैत मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ८७ करोड ६५ लाख लगानी गरेको छ ।
यो लगानी फागुन मसान्तमा भने रू. ८९ करोड ३९ लाख थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी केही घटाएको छ । चैत मसान्तसम्ममा फण्डले मुद्धति निक्षेपमा रू. ४ करोड लगानी गरेको छ ।