काठमाडौं । धुलिखेलमा सञ्चालित जिपलाइनले मातातीर्थ औंशी (आमाको मुख हेर्ने दिन)को अवसरमा ५० प्रतिशत छूट दिने घोषणा गरेको छ ।
वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालित जिपलाइनमा आमासँगै जिपलाइन गर्न जाने छोराछोरी र आमालाई ५० प्रतिशत छूट दिइएको हो । छूट अफर बुधवार (आज)देखि तीन दिनसम्म रहनेछ ।
जिपलाइनमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन सञ्चालन गरिरहेको छ । सुपरम्यान र टेण्डम जिपलाइन भने नेपालमै पहिलोपटक धुलिखेलमा शुरू गरिएको हो ।