काठमाडौं। अनलाइन बजार प्लेटफर्म दराज नेपालले नयाँ विकल्पका रूपमा ‘च्वाइस’ सार्वजनिक गरेको छ । यो विकल्पमार्फत उपभोक्ताले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १ हजारभन्दा बढी टप–रेटेड उत्पादन सिधै खरीद गर्न सक्नेछन् । ती उत्पादनको न्यूनतम मूल्य रू. १३० देखि शुरू हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती उत्पादनको खरीदमा विशेष अफर प्रदान गरिने बताइएको छ ।
‘च्वाइस’ले एकै कार्ट र एकै वेयर हाउस प्रणालीमार्फत किनमेल प्रक्रियालाई थप सहज बनाउने कम्पनीको विश्वास छ । यस प्रणालीले एकै पटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र द्रुत डेलिभरी प्राप्त गर्न, तथा ३ वा सोभन्दा बढी सामान खरीद गर्दा फ्रि डेलिभरीको सुविधा समेत उपलब्ध गराउने छ । साथै ४ वा सो भन्दा बढी सामग्री खरीद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिई उपहार समेत दिइनेछ ।
त्यसैगरी, १४ दिनसम्मको विना झन्झट फिर्ता नीति, ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्याश सेल्स’ जस्ता अफरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । दराजको पे डे सेल (अप्रिल २५ देखि २९ सम्म)सँगै शुरू गरिने ‘च्वाइस’ मा ग्राहकले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एण्ड बेबी, तथा हेल्थ एण्ड ब्यूटी लगायतका विविध कोटामा युनिलिवर, प्रोक्टर एण्ड ग्याम्बल, ब्रिटान्निया, डाबर, गोद्रेज, पिल्ग्रिम, बेर एनाटमी लगायत पृथक तथा ट्रस्टेड ब्रान्डहरू मध्यबाट छानिएका उत्पादनहरू खरीद गर्न सक्नेछन् ।