काठमाडौं । बिहीवार दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएका छन् ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार ५०० कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।
यी दुवै कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र शेयर जारी गर्दा विक्री नभएपछि अन्य व्यक्ति तथा संस्थाहरुले समेत आवेदन पेश गर्न सक्ने गरी विक्रीमा ल्याएका हुन् ।
इच्छुक खरीदकर्ताहरूले स्वरोजगार लघुवित्तको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।
स्वावलम्बन लघुवित्तको शेयर खरीदका लागि भने असार १२ गतेसम्म विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
स्वालम्बन लघुवित्तले भने शेयरको मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन पेश गर्नुपर्नेछ ।