काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५ दशलमव ७९ अंक बढेर बन्द भएको छ । यस दिन परिसूचक २ हजार १५२ दशमलव १४ विन्दुमा पुगेको हो ।
गत साताको दोस्रो कारोबार दिन सोमवारदेखि बढिरहेको नेप्सेमा सोमवार (हिजो) सामान्य अंकको करेक्सन देखिएको थियो । सो करेक्सनपश्चात आज पुनः नेप्से बढेको छ ।
असार मसान्त नजिकिँदै गर्दा पनि बजारमा भने सकारात्मक माहोल बन्दै गएको छ । सामान्यतया मसान्त आसपासमा विक्री चाप बढ्ने अनुमान गरिए पनि यसपटक खासै त्यस्तो देखिएको छैन । त्यसो त बजार असार दोस्रो सातासम्म निरन्तरजसो घटेको थियो ।
खासगरी नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ । नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्व, आर्थिक सुधारसँगै पूँजी बजारमा पनि नीतिगत सुधार हुने लगानीकर्ताको अपेक्षा छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ०६ प्रतिशत वृद्धि भएको छ ।
३१६ धितोपत्रको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर ६६ हजार ७१६ पटकमा रू. ५ अर्ब ५३ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । गणपति लघुवित्तको शेयर मूल्य रू. १ हजार ८६७ दशमलव २० र आत्मनिर्भर लघुवित्तको रू. २ हजार ६५९ दशमलव ६० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ५ दशलमव ४७ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू.८ दशमलव २९ कायम भएको छ । शेयर मूल्य सर्वाधिक बढ्नेकाे सूचीमा दोस्रोमा नेपाल फाइनान्स छ । कम्पनीको शेयर मूल्य ४ प्रतिशत घटेर रू. ८१५ मा झरेको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू.१९ करोड ७७ लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ७३५ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्सको रू. १६ करोड २१ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको सूचक बढेको छ भने म्युचुअल फण्ड समूहको स्थिर छ । बाँकी ८ समूहको सूचक बढेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ०६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, विकास बैंक समूहको सूचक २ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ । यसैगरी, उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ५४ प्रतिशत घटेको छ ।