काठमाडौं । ग्लोबल कलेज अफ म्यानेजमेन्ट अध्ययनका लागि आकर्षणको केन्द्र बन्न सक्ने देखिएको छ । एसईई उत्तीर्ण भएपछि धेरै विद्यार्थीको रुची र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यावहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आम विद्यार्थीको रोजाइमा पर्न सक्ने देखिएको छ । म्यानेजमेन्ट (व्यवस्थापन) अध्ययनका लागि काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट एउटा सफल ब्राण्डका रूपमा स्थापित कलेज भएकाले आकर्षण बन्न सक्ने देखिएको हो । अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेन्सीजस्ता विषय पढाइ हुने यो संकाय अधिकांश उच्च मावि र कलेजहरूमा छ । केही समयअघिसम्म एसएलसीमा उच्च अंक ल्याउन नसकेका र धेरै कमजोर पनि नरहेका मध्यम विद्यार्थी म्यानेजमेन्ट पढ्छन् भन्ने धारणा थियो । तर पछिल्लो समयमा म्यानेजमेन्ट पढ्न उत्कृष्ट अंक ल्याएका र एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा छ ।
यो कलेजले गत वर्षमात्रै उत्कृष्ट म्यानेजमेन्ट कलेजको अवार्ड समेत पाएको थियो । व्यवस्थापन विषय अध्ययनका लागि नेपालको उत्कृष्ट कलेजमध्ये एकको रूपमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट सम्पूर्ण रूपमा व्यवस्थापन संकायमा केन्द्रित छ । अन्य विषयको अध्ययन नभई व्यवस्थापनमा मात्र ध्यान केन्द्रित हुने भएकाले यो विषय अध्ययनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने कलेज व्यवस्थापन समूहको बुझाइ छ । म्यानेजमेन्ट विषयमा ९८ प्रतिशतभन्दा माथिको नतीजा दिँदै आएको कलेजले जनाएको छ । कलेजको व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कलेज प्रशासन, को–अर्डिनेटरको सम्पूर्ण ध्यान म्यानेजमेन्ट पढ्ने विद्यार्थीले पाउने हुँदा ग्लोबल कलेज विज्ञान, व्यवस्थापन र अन्य संकायको पढाइ हुने अरू कलेजभन्दा भिन्न रहेको कलेजको दाबी छ ।
के पढ्ने ?
यतिबेला के कुन विषय पढ्ने भनेर धेरै विद्यार्थीलाई द्विविधा हुन सक्छ । कुनै कलेजमा विज्ञान र व्यवस्थापन पढाइ भएमा विज्ञानले प्राथमिकता पाउने गरेको देखिन्छ । तर ग्लोबल कलेज पूर्ण रूपमा व्यवस्थापन पढाउने कलेज भएकाले सम्पूर्ण प्राथमिकता व्यवस्थापन संकायमै हुन्छ । त्यसैले यहाँको पढाइ उत्कृष्ट रहेको कलेजको दाबी छ ।
साइन्समा कलेज टपर, बोर्ड टपर वा जतिसुकै राम्रो अंक ल्याए पनि जबसम्म मेडिकल र इन्जिनियरिङमा नाम निस्किँदैन, तबसम्म ‘भ्यालुएड’ नभएको जस्तो देखिन्छ । तर व्यवस्थापन विषयमा त्यस्तो सीमितता नभएकाले धेरै बाटो खुल्ने कलेजको भनाइ छ । यो कलेजमा ‘एस्ट्रा करिकुलर एक्टिभिटी’ र ‘को–करिकुलर एक्टिभिटी’ अत्यधिक हुने गरेको र विद्यार्थीको सर्वांगीण विकासका लागि ध्यान दिने गरेको कलेजले बताएको छ । कलेजका अनुसार अर्को बलियो पक्ष भनेकै यहाँका अनुभवी शिक्षकहरू हुन् । ‘ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्यापनका लागि पहिलो शर्त भनेकै मास्टर्समा प्रथम श्रेणीमा उत्तीर्ण गरेकै हुनुपर्छ । धेरै शिक्षकहरू सम्बन्धित विषयमा ‘गोल्ड मेडल’ प्राप्त गरेका छन्,’ कलेजले भनेको छ । जो विद्यार्थी ११–१२ कक्षा अध्ययनका लागि आउँछन्, उनीहरू आफैले शिक्षकको मूल्यांकन गर्न पाउने व्यवस्था यो कलेजमा छ । कलेजमा ६ ओटा विषयमा पढाइ हुन्छ । ती सबै विषयका किताब लेख्ने शिक्षकले यहाँ पढाउने गरेको कलेजले दाबी गरेको छ ।
कलेजमा के छन् सुविधा ?
यस कलेजको भवन, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, सेमिनार हलदेखि जति पनि स्रोतसाधन छन्, ती सबै कलेजका लागि नै डिजाइन गरिएका, विद्यार्थी केन्द्रित र विद्यार्थीको शिक्षण सिकाइमा सहयोग पुग्ने खालका रहेको कलेजको दाबी छ । भवनका प्रत्येक तलामा एक पटकमा १२ देखि १४ जनाले प्रयोग गर्न सक्ने शौचालय छ । पढाएर सकेपछि पनि शिक्षकहरू २ घण्टा बस्ने भएकाले नबुझेका कुरा विद्यार्थीले त्यहीँ आएर पनि सोध्न पाउने कलेजको दाबी छ । यो कलेजमा भर्ना भएका विद्यार्थीले ग्रुपको अगाडि माइक समातेर कुनै विषयमा बोल्नैपर्ने प्रणाली बसालिएको छ । यसले उसको भाषादेखि वाक्कलामा निपुणता बढ्छ ।
छात्रवृत्तिको व्यवस्था
ग्लोबल कलेज अफ म्यानेजमेन्टका अनुसार यस कलेजमा कानूनी रूपमा दिनुपर्ने अनिवार्य छात्रवृत्तिका अतिरिक्त विद्यार्थीले जीपीएका आधारमा निश्चित प्रतिशत छात्रवृत्ति पाउने गरेका छन् । एसईईमा २ दशमलव ८ भन्दा कम जीपीए ल्याएको छ भने पनि प्रवेश परीक्षामा नाम निकालेर पढ्न पाउने र प्रवेश परीक्षामा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीले कलेजमा तिर्ने वार्षिक शुल्क अत्यन्त न्यून हुने गरेको कलेजले बताएको छ ।
अतिरिक्त क्रियाकलापको व्यवस्था
यस कलेजमा म्युजिक क्लब, सोसल क्लब, ग्लोबल डिबेड क्लब, लिटरेरी क्लबलगायत ६ ओटा क्लबहरू कलेजका अतिरिक्त क्रियाकलाप केन्द्रका रूपमा सञ्चालित छन् । कलेजका ईसीए/सीसीए को–आर्डिनेटर जय गौडेलका अनुसार उनीहरू भोलिका दिनमा कुनै कुनै संस्था चलाउँदा पनि त्यसको व्यवस्थापन गर्न सक्ने, ‘डिल’ गर्न सक्ने, बोल्न सक्ने, प्रपोजल तयार गर्ने जस्ता काममा निपुण हुन्छन् । पूर्वप्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरूलाई यस क्लबका विद्यार्थीले बोलाएर कार्यक्रम गरेका छन् । यसैगरी विषयको प्रकृतिअनुसार इन्डस्ट्रियल क्षेत्रदेखि आईटी पार्क, एक्स्पोहरूमा, ठूला कार्यालय आदिको भ्रमण गरी कसरी चलिरहेका छन्, कसरी व्यवस्थापन भएको छ भन्नेबारे अध्ययन गराइन्छ ।