काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करीब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका हुन् ।
जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड, पूँजीगततर्फ १९ अर्ब ९ करोड, वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यो बजेट चालू आर्थिक वर्षमा ल्याइएको बजेटभन्दा करीब १ अर्बले कम हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
यस्तो छ बजेटको पूर्णपाठ