काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आइतवार प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका हुन् ।
बजेटमा चालु शीर्षकमा १६ अर्ब ७२ करोड विनियोजन गरिएको छ भने पूँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।
बढ्दो बेरोजगारी समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बताइएको छ ।
यो बजेट चालू आर्थिक वर्षका लागि ल्याइएको बजेटभन्दा २ अर्ब ६९ करोड रुपैयाँले बढी हो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड रुपैयाँको बजेट ल्याएको थियो ।