logo
ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरि दंगाल नियुक्त
ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरि दंगाल नियुक्त
२५ आश्विन २०७९

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल नियुक्त भएका छन् । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नव नियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले असोज २५ गते मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रममा कम्पनीका सञ्चालक मनोजकुमार खड्का, भरतराज कोइराला र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालको समेत उपस्थिति थियो । 

दंगाल २०७८ भदौ ५ गतेदेखि कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । सञ्चालक समितिले दंगाललाई अध्यक्ष पदमा नियुक्त गरेस“गै कम्पनीले थप नयाँ उचाइ लिने विश्वास लिइएको छ । दंगालको अध्यक्षतामा कम्पनीमा ५ सदस्यीय सञ्चालक समिति कायम रहनेछ । कम्पनीको सञ्चालकहरूमा भने धनबहादुर बरुवाल, रञ्जना पण्डित पौडेल, लेखनाथ भुसाल, मनोजकुमार खड्का र भरतराज कोइराला रहेका छन् ।
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.