काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पु¥याउने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धन अनुसन्धानमा काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ । एक कार्यक्रमबीच बैंकले काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापा तथा दुवै संस्थानका अन्य कर्मचारीको उपस्थिति थियो । ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने बताइएको छ ।
यस सहयोगबाट नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनालाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने बैंकको विश्वास छ ।