काठमाडौं। फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरले सेवाको ४ वर्ष पूरा गरेको छ । रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ ओटाभन्दा बढी अन्तरराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्त्याउँदै आएको छ ।
चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले कार्य सञ्चालनको ४ वर्षमै कम्पनीले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीको मन जित्न सफल भएको बताए । ‘हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभचिन्तकलाई दिन चाहन्छु,’ उनले भने ।
डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै यो वर्ष पनि कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको बताए । सबैको पहिलो रोजाइ बनेर बैधानिक रूपमा डिजिटल माध्यमबाट कम शुल्कमा रेमिट्यान्स आयातमा सहजता ल्याई हरेक विदेशिएका नेपाली र उनीहरूको परिवारमा खुशी ल्याउने लक्ष्य रहेको उनको
भनाइ छ ।