काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । विगत २३ वर्षदेखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ७ वर्षदेखि वार्षिक रूपमा बुङमती, ललितपुरस्थित अपांग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गराउँदै आएकोमा २३औं वार्षिकोत्सवको अवसरमा आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासँग सम्झौता सम्पन्न भएको छ ।
साथै वार्षिकोत्सवको अवसरमा शुक्रवार नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । संस्थाले मुलुकभर २३ ओटा शाखा कार्यालय, ४ ओटा विस्तारित काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।