काठमाडौं। लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्ना दुई शाखा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा रहेको दुई शाखामध्ये एक शाखा भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा सारेको
छ । त्यस्तै काठमाडौं महा–नगरपालिकाको पेप्सिकोलामा रहेका दुई शाखामध्ये एक शाखा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा सारिएको बैंकले जानकारी दिएको छ ।
स्थानान्तरण गरिएका साविकका महाराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकले सोही क्षेत्रमा रहेका अन्य शाखामार्फत सेवा लिन सक्ने बताइएको छ । स्थानान्तरणबाट सेवा विस्तार भएसँगै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच थप सहज अनि व्यापक बन्ने विश्वास बैंकको छ । बैंकले हाल ५९ जिल्लामा २५८ शाखा, ३२१ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ एजेन्टमार्फत सेवा दिँदै आएको छ ।