काठमाडौं। हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज, पर्सालाई ३ लाख ७ हजार ५०० बराबरको चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो १२ क्यामेरा सहयोग गरेको छ ।
शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल जस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बंैकले जिल्ला प्रहरी कार्यालय, वीरगञ्जलाई सो सामग्री सहयोग गरेको हो ।
बंैकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैंकका मधेश प्रदेश प्रमुख सागरकुमार रेग्मीले सहयोग स्वरूप सो क्यामेरा प्रहरी उपरीक्षक कुमुद ढुंगेललाई हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा बंैकका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरूको उपस्थिति थियो ।