काठमाडौं। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंको टोखा नगरपालिका १ झोरमा रहेको गैरीगाउँ महिला केन्द्रलाई २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । फाइनान्सले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महिला केन्द्रलाई केन्द्र घर निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।
बुधवार एक कार्यक्रमका बीच संस्थाको शाखा कार्यालय मनमैजुका शाखा प्रबन्धक चक्रबहादुर लामाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम केन्द्र घर निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि प्रयोग गरिने महिला केन्द्रका केन्द्र प्रमुख रोशिका तामाङले जानकारी दिइन् । संस्थाले ६४ जिल्लाका १४९ शाखा कार्यालयमार्फत करीब १ लाख ६० हजार घरपरिवारलाई वित्तीय सेवा दिँदै आएको बताएको छ ।