काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको लकइन आगामी जेठ १८ गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोष (म्युचुअल फण्ड)को स्वामित्वमा रहेको यी शेयरको लकइन ६ महीनापछि सकिन लागेको हो ।
पछिल्लो समय सर्वसाधारणतर्फको सामूहिक लगानीकोषको स्वामित्वमा रहेको ५ प्रतिशत शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महीनासम्म लकइनमा रहने व्यवस्था छ । कम्पनीले गत मङ्सिर १९ गते सर्वसाधारणमा शेयर बाँडफाँट गरेको थियो । लकइन अवधि समाप्त भएपछि जेठ २० गतेबाट यी शेयर कारोबारयोग्य हुनेछन् ।