काठमाडौं । लगातार चार कारोबार दिन बढेको नेप्से परिसूचक बुधवार भने सामान्य अंक घटेको छ । यस दिन नेप्से परिसूचक ९ दशलमव ५४ अंक घटेर २ हजार १७ दशमलव ९७ विन्दुमा कायम भएको छ ।
चार कारोबार दिनमा नेप्से परिसूचक ६६ दशलमव ५४ अंक बढेको थियो । बढेको बजारमा प्रोफिट बुक भएसँगै आज करेक्सन भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६० प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६६ प्रतिशत घटेको छ ।
बुधवार ३१५ धितोपत्रको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ५५ हजार ८६२ पटकमा रू. ३ अर्ब ७० करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई ओटाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्तको शेयर मूल्य रू. १ हजार ८३६ दशमलव ७० र युनिक नेपाल लघुवित्तको रू. २ हजार ४० दशमलव १० पुगेको छ ।
आज सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १३९ दशमलव ३० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा ओरियण्टल होटल छ । यस कम्पनीको शेयर मूल्य ५ दशलमव ५८ प्रतिशत घटेर रू. ७५४ मा झरेको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा पिपुल्स पावरले ओगटेको छ । यस कम्पनीको रू. ११ करोड ८९ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५४० दशमलव १० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्सको रू.१० करोड ९४ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकीको घटेको छ । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव ४० प्रतिशत वृद्धि भएको छ भने विकास बैंक समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ९६ प्रतिशत घटेको छ ।