काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २५ प्रतिशत हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
जेठ २९ गते कम्पनीले २५ प्रतिशत हकप्रद शेयर बापतको ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । आगामी आइतवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
यस कम्पनीले माघ १८ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूका लागि २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ चुक्तापूँजीको आधारमा उक्त हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म उक्त हकप्रद शेयर निष्कासन गरी चैत ३१ गते बाँडफाँट गरेको हो । यस अवधिभित्र विक्री नभएको २ लाख २५ हजार २६१ दशमलव ३५ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री सम्पन्न गरी कम्पनीले दोस्रो बजारमा कारोबारयोग्य बनाएको हो ।