काठमाडौं। नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले रक्तदान कार्यक्रम गरेको छ । बैंकले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा सोमवार रक्तदान कार्यक्रम गरेको हो । बैंकको सभाहलमा भएको कार्यक्रममा बैंकका कर्मचारी, भुपू कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी लगायत २३ जनाले रक्तदान गरेका थिए । कार्यालयले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
सम्पर्क ठेगाना
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल