काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रवर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ ।
काठमाडौंमा सोमवारदेखि दुई दिन चलेको प्रशिक्षणबाट कर्मचारीहरूको व्यक्तिगत एवम् व्यावसायिक विकास हुने र कम्पनीको लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ।
प्रशिक्षणबाट व्यक्ति र संस्था दुवैको व्यावसायिकतामा वृद्धि हुने, स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान हुनेछ ।
तालिमको नेतृत्व आर्ट अफ लिभिङ्ग नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम. प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तरराष्ट्रिय कर्पोरेट प्रशिक्षक हुन्, जसको बैकिङ्ग क्षेत्रमा उच्च व्यावसायिक पृष्ठभूमि छ ।
कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।
आर्ट अफ लिभिङ्गसँग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा वढि समयावधिको सफल अनुभव रहेको र विश्वभरका लगभग १८६ देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ ।
यी कार्यक्रम विश्व स्वास्थ्य संगठनको वेलनेश मोडेलसँग मेल खाने हिसावले तयार गरिएको छ । यस कार्यक्रमबाट सहभागीलाई रोग र तनाव मुक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिने साथै कर्मचारीमा उनीहरूको मानसिक अवस्था, कार्य सम्पादन, ऊर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सुधार हुनेमा कम्पनी विश्वस्त छ ।
'कर्मचारीहरूलाई प्राथमिकता दिने संस्थाहरूको बढ्दो संख्या देखेर हामी हर्षित छौं । हाम्रो समग्र प्रशिक्षण प्याकेज व्यक्ति र संस्था दुवैको लागि अधिकतम र दिगो फाइदा प्रदान गर्ने हिसावले बनाइएको छ । समय तथा लगानीको अधिकतम परिणामको सुनिश्चित गर्न कार्यक्रम सम्पन्न भएपश्चात् थप तालिम सत्र सञ्चालन गर्न संस्था प्रतिबद्ध छ,' प्रधानले भने ।
कार्यक्रमको समापन समारोहमा कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह साथै आर्ट अफ लिभिङ्ग नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंह लगायतको उपस्थिति थियो ।