इस्लामावाद (पाकिस्तान) । पाकिस्तानको आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)लाई समर्थन गरेका उम्मेदवारहरूले जितमा अग्रता हासिल गरेका छन् ।
शुक्रवार दिउँसो ४ बजे (नेपालको स्थानीय समयअनुसार)सम्म ७० सिटको मतपरिणाम आउँदा पीटीआईले २७ स्थानमा जित हासिल गरेको त्यहाँको समाचार एजेन्सी ‘डनडटकम’ले जनाएको छ ।
मतपरिणाम अनुसार पूर्वप्रधानमन्त्री नवाज सरिफ निकट पाकिस्तान मुश्लिीम लीग–नवाज (पीएमएल–एन)ले १८ स्थानमा र बिलावर भुट्टोको पाकिस्तान पीपुल्स पार्टी (पीपीपी)ले २० स्थानमा जित हासिल गरेका छन् । यसैगरी अन्यले ५ स्थानमा जित हासिल गरेका छन् ।
पाकिस्तानमा बिहीवार १३४ सिटका लागि चुनाव भएको थियो । एजेन्सीको सहयोगमा