काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन कम्पनीको आधिकारिक बीमाङ्कीयबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनस दर कायम गरेको हो ।
२०८० असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने गरी कम्पनीले जारी गरेको विभिन्न बीमालेखमा प्रतिहजार बीमाङ्कमा अधिकतम ७० रुपैयाँसम्म बोनस दिन लागेको हो । कम्पनीले सावधिक जीवन बीमाका लागि न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।
सावधिक जीवन बीमाअन्तर्गत ९ वर्ष अवधिका लागि र १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको बीमालेखमा ७० रुपैयाँसम्म बोनस दर कायम गरिको छ ।
सावधिक तथा आजीवन जीवन बीमामा कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । यो बीमालेखअन्तर्गत ९ वर्ष र १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा बढी अवधिको लागि ७० रुपैयाँ बोनस दर कम्पनीले कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमामा भने कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँ बोनस दर दिने भएको छ ।
यो बीमालेखअन्तर्गत ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनस दर कम्पनीले निर्धारण गरेको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले न्यूनतम २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म बोनस दर दिएको छ । कम्पनीले यो बीमालेखअन्तर्गत ९ वर्ष र १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २२ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि २४ रुपैयाँ बोनस दर कायम गरेको छ ।