काठमाडौं। सिद्घार्थ बैंक लिमिटेडले सोमवार ‘पृथ्वी दिवस २०२४’ मनाएको छ । स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याको बारेमा सचेत गराई भविष्यका पुस्ताका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाइएको बैंकले जानकारी दिएको छ । सो अवसरमा बैंकले सरसफाइ र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रम आयोजना गरेको थियो । बैंकले सरसफाइ कार्यक्रम अन्तर्गत १५ विभिन्न सार्वजनिक स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो । साथै, बैंकले बालबालिकालाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीबारे सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘प्लानेट भर्सेस प्लास्टिक’मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।
यस्ता कार्यक्रमले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदूषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाई जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्ने विश्वास बैंकको छ ।